काठमाण्डौ । माईखोला हाइड्रोपावरको २४ लाख २२ हजार कित्ता शेयर लकइन अवधि सकिन लागेको छ।
कम्पनीका अनुसार २४ लाख २२ हजार ७४५ कित्ता शेयरको लकइन अवधि २०८३ वैशाख १८ गतेपछि सकिनेछ। हाल कम्पनीका संस्थापक शेयरधनीको २० लाख कित्ता स्थानीयको ३ लाख ९२ हजार १५७ कित्ता र कर्मचारीको ३० हजार ५८८ कित्ता शेयर रहेको छ।
कुनै पनि कम्पनीले सर्वसाधारणका लागि जारी आइपीओ बाँडफाँटपछि संस्थापक, स्थानीय र कर्मचारीको शेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।
अर्थ चाैतारी ।