काठमाण्डौ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ आफ्नै गाडीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गएका छन्।
गृहमन्त्री गुरुङ शुक्रबार मध्याह्न शपथ ग्रहणका लागि आफ्नै गाडीमा राष्ट्रपतिको कार्यालय, शीतलनिवास पुगेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेपछि उनी गृह मन्त्रालय गएका थिए।
गृह मन्त्रालयमा पदवहालीपछि उनले आफू बोल्ने भन्दा पनि काममा ध्यान दिने बताएका थिए। उनका लागि गृह मन्त्रालयमा बा. १ झ. ६४३३ नम्बरका गाडी तयार गरिएको थियो।
तर, उनी गृह मन्त्रालयको गाडीमा चढेनन्। गृहको गाडी छोडेर आफ्नै कारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक राखेका छन्। मन्त्रिपरिषद्को पहिलो बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ आफ्नै गाडीमा गएका हुन्।
अर्थ चाैतारी ।