logo

२०८३ बैशाख १७, विहिबार

logo
  • २०८३ बैशाख १७, विहिबार
  • भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुने: ७ सय बढी प्रजातिका बिरुवा प्रदर्शनीमा राखिने

    भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुने: ७ सय बढी प्रजातिका बिरुवा प्रदर्शनीमा राखिने

    338
    SHARES
    भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुने: ७ सय बढी प्रजातिका बिरुवा प्रदर्शनीमा राखिने

    काठमाण्डौ । नर्सरी व्यवसायी सङ्घ, नेपालले आगामी चैत १९ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा तेस्रो संस्करणको ‘नेशनल हर्टिकल्चर एक्स्पो २०८२’ आयोजना गर्ने भएको छ। सङ्घले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आर्थिक मन्दीका कारण सुस्ताएको हरित अर्थतन्त्रलाई चलायमान बनाउन र कृषि क्षेत्रमा लगानी तथा रोजगारीका अवसर विस्तार गर्न मेला आयोजना गर्न लागिएको जानकारी दिएको हो।



    मेला संयोजक एवं सङ्घका वरिष्ठ उपाध्यक्ष रविन कुमार गौतमका अनुसार प्रदर्शनीमा देशभरका पुष्प, फलफूल, कृषि वन तथा जडीबुटी नर्सरी क्षेत्रका ७ सयभन्दा बढी प्रजातिका बिरुवाहरू बिक्री तथा अवलोकनका लागि राखिनेछन्। बिरुवाका अतिरिक्त मेलामा मलखाद, बीउबिजन, गमला, कृषि औजार र आधुनिक प्रविधिका सामग्रीहरू समेत उपलब्ध हुनेछन्।

    एक्स्पोमा ५६ वटा व्यावसायिक स्टलसहित कुल ६५ वटा स्टल रहनेछन्। ५ दिनसम्म चल्ने यस मेलामा करिब ५१ हजार दर्शकले अवलोकन गर्ने र १ करोड ५० लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।

    मेलाका अवसरमा नर्सरी व्यवसायीहरूबिच प्रतिस्पर्धा गराई उत्कृष्टलाई शिल्ड, नगद र प्रमाणपत्रले सम्मान गरिने कार्यक्रम छ। साथै, ‘दीर्घकालीन क्रियाशील नर्सरी व्यवसायी सम्मान’ र ‘वर्षको विशेष उत्पादनमुखी नर्सरी व्यवसायी सम्मान’ बाट दुई जना व्यवसायीलाई पुरस्कृत गरिने सङ्घले जनाएको छ। यसले व्यवसायीहरूमा थप उत्साह जगाउने र गुणस्तरीय उत्पादनमा प्रतिस्पर्धा बढ्ने विश्वास लिइएको छ।

    नेपालको नर्सरी क्षेत्रले हाल वार्षिक ६ अर्ब ४३ करोड रुपैयाँको कारोबार गर्दै आएको छ। सङ्घका अनुसार देशभर रहेका ३ हजार ९ सय १ वटा विभिन्न विधाका नर्सरीहरूमा व्यवसायीले ११ अर्ब ८३ करोड रुपैयाँ लगानी गरेका छन्।

    यस क्षेत्रले प्रत्यक्ष रूपमा १ लाख २० हजारभन्दा बढी व्यक्तिलाई रोजगारी सिर्जना गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ। यस्ता प्रदर्शनीले नर्सरी व्यवसायलाई व्यावसायिकीकरण गर्न र नयाँ प्रविधि भित्र्याउन महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको दाबी छ।


    अर्थ चाैतारी
  • मंगलबार, १७ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट