logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • तराईमा हावाहुरी र पहाडमा मेघगर्जनसहित वर्षाको सम्भावना

    तराईमा हावाहुरी र पहाडमा मेघगर्जनसहित वर्षाको सम्भावना

    429
    SHARES
    तराईमा हावाहुरी र पहाडमा मेघगर्जनसहित वर्षाको सम्भावना

    काठमाण्डौ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले गर्दा मौसममा फेरबदल भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रको मौसम सामान्यतया सफा देखिएको छ।



    आज आइतबार कोशी प्रदेशका पहाडी र हिमाली भेगसहित अन्य हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने देखिन्छ। कोशीको तराई र अन्य पहाडी भू-भागमा आंशिक बदली हुने भए पनि बाँकी तराईका क्षेत्रमा भने मौसम सफा रहने अनुमान छ।

    तर, कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भेगका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ। यस्तै गण्डकीका पहाडी भू-भाग र अन्य केही हिमाली क्षेत्रका एक-दुई स्थानमा पनि वर्षाको सङ्केत देखिएको छ।

    विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आज हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।


    अर्थ चाैतारी
  • आइतबार, २९ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट