काठमाण्डौ । एनआईसी एशिया लघुवित्त चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासको अपरिस्कृति वित्तीय विवरण प्रकाशन गर्ने पहिलो कम्पनी बनेको छ । प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ८१३३ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले १० करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १२ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७२.२ प्रतिशतले बढेर ८५ करोड ४० लाख पुगेको छ। लघुवित्तको संचालन आम्दानी बढेर ९५ करोड ४६ लाख पुगेको छ भने संचालन मुनाफा बढेर १५ करोड ९० लाख पुगेको छ। यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा भने ऋणात्मक रहेको छ ।
यस अवधिमा कम्पनी प्रति शेयर आम्दानी ८ रुपैयाँ २० पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १२७.३५ रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा १३.५५ प्रतिशतबाट बढेर १६.५९ प्रतिशत पुगेको छ।
१ अर्ब ७३ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा रिजर्भमा ७९ करोड ७४ लाख रुपैयाँ रहेको छ।
अर्थ चाैतारी ।