logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • नेपाल माईक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

    नेपाल माईक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

    156
    SHARES
    नेपाल माईक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

    काठमाण्डौ । नेपाल माईक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज उनलाई काठमाडौं जिल्ला कागेश्वरी मनहरा न.पा. वडा नं. ५ बाट पक्राउ गरेको हो ।



    उनलाई काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।नेपाल बीमा प्राधिकरणको पत्रपछि उनी पक्राउ परेका हुन् ।

    नेपाल माईक्रो इन्स्योरेन्स समेतको संलग्नतामा बीमा ऐन, २०७९ को दफा १४० को उपदफा (१) को खण्ड (छ) बमोजिम कसूर गरेको भन्ने उल्लेख भई अनुसन्धान तथा छानविनको लागि निष्कर्ष तथा सुझाव सहितको प्रतिवेदन आएकोले बीमा सम्बन्धी ऐन, २०७९ अन्तर्गतको कसूरमा अध्यक्ष श्रेष्ठलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, १५ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट