logo

२०८३ बैशाख १७, विहिबार

logo
  • २०८३ बैशाख १७, विहिबार
  • सोपन फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?

    सोपन फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?

    260
    SHARES
    सोपन फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?

    काठमाण्डौ । सोपन फर्मास्युटिकल्सले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँट सम्पन्न भएको छ। आईपीओ बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा बिहीबार बाँडफाँट भएको हो ।



    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३४ लाख ७४ हजार ९ सय कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गरेको थियो।

    बाँडफाँट विवरणअनुसार कुल २७ लाख ६८ हजार ७४३ आवेदनमध्ये २७ लाख ३० हजार ९८७ आवेदन मात्र योग्य ठहरिएका छन्। योग्य आवेदकहरूले कुल २ करोड ९९ लाख ६ हजार ५२० कित्ताका लागि आवेदन दिएका थिए, जसले उच्च ओभरसब्स्क्रिप्सनको अवस्था देखाएको छ। यस्तै, ३७ हजार ७५६ आवेदन अयोग्य ठहर हुँदा ४ लाख ६० हजार ४३० कित्ता आवेदन रद्द गरिएको छ।

    बाँडफाँट प्रक्रियाअनुसार न्यूनतम १० कित्ता मात्र वितरण गरिएको छ। कुल ३ लाख ४७ हजार ४९० जना आवेदकले १०–१० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। अधिकतम पनि १० कित्ता नै बाँडफाँट गरिएको छ, जसका कारण अधिकांश योग्य आवेदक शेयर पाउनबाट वञ्चित भएका छन्।

    आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको थियो। अत्यधिक आवेदन परेकाले गोलाप्रथामार्फत निष्पक्ष रूपमा बाँडफाँट गरिएको जनाइएको छ।


    अर्थ चाैतारी
  • विहिबार, १७ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट