काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित तीन जनाले राजीनामा दिएका छन् । त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहसमक्ष उपकुलपति दीपक अर्याल, रेक्टर खड्ग केसी र रजिस्टार केदारप्रसाद रिजालले राजीनामा पठाए हुन् ।
बिहीवार आफूहरुले पत्र लेखेर राजीनामा पठाएको केसीले जानकारी दिए । सरकारले विश्वविद्यालयका पदाधिकारीलगायत राजनीतिक नियुक्ति पाएका अधिकारीहरूलाई हटाउने गरी अध्यादेश सिफारिस गरेको सन्दर्भमा पदमा बसिरहन उचित नलागेकाले राजीनामा पठाएको उनको भनाइ छ ।
राजीनामा दिनेहरु तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डको पालामा नियुक्त भएका थिए । उपकुलपति अर्याल ओलीको पालामा र केसी र रिजाल प्रचण्डको पालनामा नियुक्त भएका हुन् ।
अर्थ चाैतारी ।