logo

२०८३ बैशाख १७, विहिबार

logo
  • २०८३ बैशाख १७, विहिबार
  • नेपाल बैंक र बीमा कम्पनीबीच कर्जा सम्झौता, कर्मचारीले १५ लाखसम्म विनाधितो कर्जा पाउने

    नेपाल बैंक र बीमा कम्पनीबीच कर्जा सम्झौता, कर्मचारीले १५ लाखसम्म विनाधितो कर्जा पाउने

    234
    SHARES
    नेपाल बैंक र बीमा कम्पनीबीच कर्जा सम्झौता, कर्मचारीले १५ लाखसम्म विनाधितो कर्जा पाउने

    काठमाण्डौ । नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच कर्जा कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ ।



    सम्झौताअनुसार राष्ट्रिय बीमा कम्पनीका स्थायी कर्मचारीहरूले नेपाल बैंकको काठमाडौं बैंकिङ अफिस शाखामार्फत व्यक्तिगत आवश्यकताका लागि अधिकतम १५ लाख रुपैयाँसम्म विनाधितो सेवाग्राही कर्जा लिन सक्नेछन् ।

    यस सहकार्यबाट कर्मचारीहरूले एकै थलोबाट वित्तीय आवश्यकता पूरा गर्न सक्ने, समय बचत हुने तथा दुवै संस्थाबीचको संस्थागत सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको छ ।

    वैशाख १६ गते नेपाल बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा नेपाल बैंकका रिटेल कर्जा प्रमुख अर्जुनबहादुर कंडेल र राष्ट्रिय बीमा कम्पनीका मुख्य व्यवस्थापक डा. सृजना पन्तले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

    हाल नेपाल बैंकले देशभर २३१ शाखा, २४६ एटीएम र ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । आधुनिक बैंकिङ प्रविधि, दक्ष व्यवस्थापन र युवा जनशक्तिको प्रयोगमार्फत बैंकले ग्राहक सेवामा सुधार गर्दै प्रतिस्पर्धी रूपमा अघि बढिरहेको जनाएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, १७ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट