logo

२०८३ बैशाख १८, शुक्रबार

logo
  • २०८३ बैशाख १८, शुक्रबार
  • रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

    रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

    208
    SHARES
    रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

    काठमाण्डौ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा बिहीबार भएको जिप दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रालयले बिहीबार सचिवस्तरको निर्णयाबाट लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षक यादव ढकालको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो ।



    छानबिन समितिमा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी बल रोल्पाका सशस्त्र प्रहरी नायब उपरीक्षक र जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रशासकीय अधिकृत सदस्य रहनुभएको गृह मन्त्रालयका सूचना अधिकारी रमा आचार्य सुवेदीले जानकारी दिइन् ।

    समितिलाई घटनाको सत्य तथ्य अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । समितिलाई दुर्घटनाको कारण तथा लापरबाही र कमजोरी पत्ता लगाई तथा आगामी दिनमा दुर्घटना न्यूनीकरणका लागि चाल्नुपर्ने कदमबारे सुझाव दिने कार्यादेश दिइएको छ ।

    रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जिप बिहीबार अपराह्न ३ बजे कच्ची सडकबाट करिब आठ सय मिटर तल खस्दा २० जनाको मृत्यु भएको थियो ।

    home ministriy


    अर्थ चाैतारी
  • शुक्रबार, १८ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट