logo

२०८३ बैशाख १८, शुक्रबार

logo
  • २०८३ बैशाख १८, शुक्रबार
  • सरकारले ओपीडी खोल्ने निर्णय गर्‍यो, डाक्टरले विरोध गरे

    सरकारले ओपीडी खोल्ने निर्णय गर्‍यो, डाक्टरले विरोध गरे

    39
    SHARES
    सरकारले ओपीडी खोल्ने निर्णय गर्‍यो, डाक्टरले विरोध गरे

    काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाख १८ गते (आज) देशभरका सबै सरकारी अस्पतालहरूमा ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । लगातार सार्वजनिक बिदाका कारण बिरामीले स्वास्थ्य सेवा पाउन असुविधा नहोस् भन्ने उद्देश्यले मन्त्रालयले यो निर्णय गरेको जनाएको छ ।



    मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीद्वारा आज जारी प्रेस विज्ञप्तिमा तीन दिन सार्वजनिक बिदा परेकाले सरकारी अस्पतालहरूमा ओपीडी सेवा प्रभावित हुने र सेवाग्राहीलाई असुविधा हुन सक्ने अवस्था देखिएको जनाइएको छ । बिरामीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न मन्त्रालयले शुक्रबार देशभरका सबै सरकारी अस्पतालहरूलाई ओपीडी सेवा सञ्चालन गर्न अनुरोध गरेको हो ।

    तर नेपाल चिकित्सक संघले सार्वजनिक बिदाका दिन पनि सरकारी अस्पतालहरूमा ओपीडी सेवा सञ्चालन गर्न आग्रह गरिएकोमा आपत्ति जनाएको छ । संघले बिहीबार नै एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयको उक्त निर्णय अव्यवहारिक र अवैज्ञानिक भएको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ ।

    संघले अहोरात्र सेवामा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरू पनि श्रमिक नै भएको र अन्तर्राष्ट्रिय मान्यताअनुसार श्रमिक दिवसको बिदाको दिनमा समेत ओपिडी सेवा सञ्चालन गर्दा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि ठुलो अन्याय हुने उल्लेख गरेको छ ।

    ‘अस्पतालमा इमर्जेन्सी लगायतका अत्यावश्यक सेवा बिदाका दिनमा समेत सञ्चालन हुने र ओपिडी सेवा अत्यावश्यक सेवा नभएकाले १–२ दिन बन्द रहँदा फरक नपर्ने देखिन्छ,’ संघका महासचिव डा सञ्जीव तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई अन्य पेशाकर्मीलाई जस्तै बिदा दिने प्रचलन रहेको र अन्य चाडपर्वमा पनि ३ दिन वा बढी बिदा पर्न सक्ने हुँदा मन्त्रालयको उक्त निर्णय अव्यवहारिक र अवैज्ञानिक रहेको छ ।’


    अर्थ चाैतारी
  • शुक्रबार, १८ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट