logo

२०८३ बैशाख १८, शुक्रबार

logo
  • २०८३ बैशाख १८, शुक्रबार
  • इरानका सर्वोच्च नेताले भने: होर्मुज स्ट्रेटमा ‘नयाँ अध्याय’ सुरु गर्दै छौँ

    इरानका सर्वोच्च नेताले भने: होर्मुज स्ट्रेटमा ‘नयाँ अध्याय’ सुरु गर्दै छौँ

    455
    SHARES
    इरानका सर्वोच्च नेताले भने: होर्मुज स्ट्रेटमा ‘नयाँ अध्याय’ सुरु गर्दै छौँ

    काठमाण्डौ । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले हजारौँ किलोमिटर टाढा बसेर लोभले अराजकता फैलाउने विदेशीहरूका लागि फारसी खाडीको खाडलबाहेक अरू कुनै ठाउँ नभएको बताएका छन्।



    उनले फारसी खाडी दिवसका अवसरमा बिहीबार विज्ञप्ति जारी गरेका हुन्। जुन इरानको आधिकारिक समाचार एजेन्सी आईआरएनले सार्वजनिक गरेको छ। वक्तव्यमा सर्वोच्च नेता खामेनीले भनेका छन्, ‘इरानले फारसी खाडी र होर्मुज स्ट्रेटका लागि नयाँ अध्याय सुरु गर्नेछ।’

    उनलेे अगाडि भनेका छन्, ‘फारसी खाडीको भविष्य अमेरिकाबाट मुक्त हुनेछ।’

    मोज्तबा खामेनीले उक्त क्षेत्रमा अब अमेरिकाको हस्तक्षेप नहुने दाबी गर्दै होर्मुज स्ट्रेटमा ‘नयाँ व्यवस्था’ले सबै देशलाई फाइदा हुने जिकिर गरेका छन्।

    उनले फारसी खाडीमा असुरक्षाको मुख्य कारण त्यहाँ अमेरिकाको उपस्थिति भएको आरोप पनि लगाएका छन्।


    अर्थ चाैतारी
  • शुक्रबार, १८ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट