काठमाण्डौ । सेयरबजार साताको पहिलो कारोबार दिनमै घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार ३४.६३ अंकले बजार ओरालो लागेको हो।
योसँगै नेप्से २७०४.०८ विन्दुमा झरेको छ। यस दिन कुल ४ अर्ब २६ करोडको कुल कारोबार भएको छ। यस दिन १ करोड कित्ता किनबेचपछि उक्त कारोबार भएको हो।
सोमबार २७ वटाको मूल्य बढ्दा २४० वटा सेयरको घटेको र दुईवटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। यस दिन फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको १५ प्रतिशत बढे पनि बाँकी सेयरहरु अधिकतम ७.९९ प्रतिशतसम्म बढेका छन्।
त्यस्तै गिरावटतर्फ कर्पोरेट डेभलपमेन्ट बैंकको १२.५८ प्रतिशतले घटे पनि बाँकी सेयरहरु ८.५९ प्रतिशतसम्म घटेको नेप्सेले जनाएको छ। कारोबारतर्फ आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट अगाडि छ। कम्पनीको ३१ करोडको कारोबार भएको हो। यीबाहेक रिलायन्स स्पिनिङ मिल्सको १७ करोड, नेशनल हाइड्रोपावर १५ करोडको कारोबार भएको छ।
आज माइक्रोफाइनान्सबाहेक सबै समूह घटेका छन्।
अर्थ चाैतारी ।