काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहले दुई मन्त्रीलाई अँगालो मारेको तस्बिर सार्वजनिक गर्दै देश बनाउने टोली लेखेका छन् । कालो पहिरनमा सजिएका उनले पोस्टमा पीएम, एचएम, आईएम, लेखेका छन् ।
अर्थात् प्राइम मिनिस्टर, होम मिनिस्टर र इन्फ्रास्ट्रक्चर मिनिस्टर। अर्थात् उनको दायाँपट्टि भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल छन् भने बायाँतिर भर्खरै पुनर्बहाली भएका गृहमन्त्री सुधन गुरुङ छन् ।
हिजो पनि उनले आफ्नो फेसबुक आईडीबाट आफ्नो फेवरेट देशले विश्वकप नखेलेको लेखेका थिए । निकै छोटो वाक्य र रहस्यमय अर्थ दिने पोस्ट गर्ने उनको आजको तीन जना बसेर खिचाइएको पोस्टमा पनि लाइक र कमेन्टको वर्षा भइरहेको छ।

अर्थ चाैतारी ।