logo

२०८३ असार ३०, मंगलबार

logo
  • २०८३ असार ३०, मंगलबार
  • पासपोर्ट विभागका डीजीलाई सुरुमा प्रधानमन्त्री कार्यालयमा बोलावट, त्यसपछि अख्तियारको जिम्मा

    पासपोर्ट विभागका डीजीलाई सुरुमा प्रधानमन्त्री कार्यालयमा बोलावट, त्यसपछि अख्तियारको जिम्मा

    559
    SHARES
    पासपोर्ट विभागका डीजीलाई सुरुमा प्रधानमन्त्री कार्यालयमा बोलावट, त्यसपछि अख्तियारको जिम्मा

    काठमाण्डौ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अहिले अख्तियारको हिरासतमा छन् । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छानबिनका लागि अख्तियारको जिम्मा लगाएको उच्च स्रोतले पुष्टि गरेको छ ।



    अर्याललाई सोमबार बिहान १० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको थियो । उनलाई पासपोर्ट खरिद प्रकरणको फाइल लिएर आउन भनिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राई मध्यान्ह १२ बजेतिर प्रधानमन्त्री कार्यालयमा पुगेका थिए ।

    प्रधानमन्त्री कार्यालयका अधिकारीहरू र आयोगबाट खटिएका अनुसन्धान अधिकृतहरूले दिनभर फाइल अध्ययन गरेपछि हिजो साँझ अर्याललाई अख्तियारको जिम्मा लगाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एकजना उच्च अधिकृतले बताए ।

    साँझ ९ बजेतिर अर्याल र राहदानी विभागको सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीलाई आयोगमा कार्यरत सुरक्षाकर्मीले पक्राउ गरेर लगेका हुन् । अख्तियारले पासपोर्ट खरिदमा अनियमितता भएकोबारे अनुसन्धान गरिरहेको बताइएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट