logo

२०८३ असार ५, शुक्रबार

logo
  • २०८३ असार ५, शुक्रबार
  • बुटवल बसेर क्रिप्टोकरेन्सी कारोबार गर्ने ७ जना चिनियाँ नागरिक पक्राउ

    बुटवल बसेर क्रिप्टोकरेन्सी कारोबार गर्ने ७ जना चिनियाँ नागरिक पक्राउ

    351
    SHARES
    बुटवल बसेर क्रिप्टोकरेन्सी कारोबार गर्ने ७ जना चिनियाँ नागरिक पक्राउ

    काठमाण्डौ । अभौतिक मुद्रा सम्बन्धी कसुरमा रुपन्देहीबाट सात जना चिनियाँ नागरिक पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बुटवल उप महानगरपालिका-१२ बाट पक्राउ गरेको हो।



    उनीहरूले विभिन्न अभौतिक मुद्रा (किप्टोकरेन्सी) एप्स र वेबसाइट (विनान्स एप्स, ओकेएस एप्स, इन्टोकन एप्स, प्याटम, भीम एप्स, मोबिकविक, फोनेप) मार्फत कारोबार गरेको प्रहरीको दाबी छ।

    पक्राउ पर्नेमा राहदानी नम्बर ईआर४७३३८२८ भएको वर्ष ४९ का सीओङ गुफु, राहदानी नं. ईबी२८३३२१ भएको वर्ष ४३ का हु गङ, राहदानी नम्बर ईके२२३५३४९ भएको वर्ष ४५ को ली छुयनी, राहदानी नम्बर ईपी ९००९२३२ भएको वर्ष ३६ को सुन हुई, राहदानी नम्बर ई०६८८६३०६ भएको वर्ष ३५ को झाओ क्विचिन, राहदानी नम्बर ईआर८४१३५९६ भएको वर्ष ३१ को छियाङ जियासुन र राहदानी नम्वर ईपी६५२४३६४ भएको वर्ष ४५ को ली बिन रहेका छन्।

    उनीहरूको साथबाट विभिन्न कम्पनीका मोबाइल थान ११ र ल्यापटप थान २ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्दहीका सूचना अधिकारी डीएसपी कृष्ण कुमार चन्दले जानकारी दिएका छन्।


    अर्थ चाैतारी
  • शुक्रबार, ५ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट