काठमाण्डौ । फिफा विश्वकप-२०२६ अन्तर्गत बिहीबार बिहान अमेरिकाको सियातलमा भएको खेलमा सेनेगललाई पराजित गर्दै बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको छ।
सेनेगललाई ३-२ गोलअन्तरले पराजित गर्दै बेल्जियम प्रतियोगिताको अन्तिम १६ अर्थात् प्रिक्वाटर्डफाइनलमा प्रवेश गरेको खेल निकै रोमाञ्चक थियो। निर्धारित समयमा २-२ गोलको बराबरी भएपछि थपिएको अतिरिक्त समयको अन्तिममा पेनाल्टीमार्फत गोल गर्दै बेल्जियमले ३-२ को रोमाञ्चक जित निकालेको हो।
अतिरिक्त समयमको अन्तिम मिनेटमा कप्तान युरी थिलेमन्सले पेनाल्टीमा गोल गरेका हुन्। दुई गोलले पछि परेको स्थिती उल्टाउँदै बेल्जियमले सेनेगललाई ३-२ ले पराजित गरेर अन्तिम १६ मा स्थान बनाएको हो।
पहिलो हाफमा सेनेगलले १-० को अग्रता बनाएको थियो। दोस्रो हाफको सुरुवातमा नै सेनेगलले अग्रता दोब्बर बनायो। तर, सेनेगलले सुरुवाती दुई गोलको अग्रता जोगाउन सकेन। जसको फलस्वरूप सेनेगलले तीन मिनेटको फरकमा लगातार दुई गोल बेहोर्दै हार खायो।
खेलको २४ औँ मिनेटमा हबीब डिआराले गोल गरे गर्दै सेनेगललाई अग्रता दिलाएका थिए। उनले पोलमा ठोक्किएर रिबाउन्डमा आएको बललाई गोलमा परिणत गरेका हुन्। दोस्रो हाफको छैटौँ मिनेटमा सेनेगलले अर्को गोल थपेर अग्रता दोब्बर बनायो।
सेनेगलको लागि इस्माइला सार्रले गोल गरेका हुन्। खेलको ८६ औँ मिनेटमा बेल्जियमको लागि रोमेलु लुकाकुले उत्कृष्ट गोल गर्दै बेल्जियमलाई खेलमा फर्काउने कोसिस गरे। त्यसको तीन मिनेट पश्चात पुन बेल्जियमले गोल गर्यो। बेल्जियमको लागि यूरी टिलिमेन्सले गोल गरे।
निर्धारित ९० मिनेटसम्म खेलमा बराबरी भयो। थपिएको अतिरिक्त समयको अन्तिम केही मिनेट बाँकी रहँदा बेल्जियमले पेनाल्टी पायो। पेनाल्टीमा यूरी टिलिमेन्सले गोल गर्दै बेल्जियमलाई ३-२ को अग्रतासँगै टिमलाई जित दिलाए। बेल्जियमले अब क्वार्टरफाइनल प्रवेशका लागि अमेरिका र बोस्निया तथा हर्जगोभिनाबिचको विजेतासँग खेल्ने तालिका छ।
अर्थ चाैतारी ।