logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • बागमती प्रदेशले थाल्यो सहकारीको बचत फिर्ता, बचतकर्ताले १ लाखसम्म पाउने

    बागमती प्रदेशले थाल्यो सहकारीको बचत फिर्ता, बचतकर्ताले १ लाखसम्म पाउने

    234
    SHARES
    बागमती प्रदेशले थाल्यो सहकारीको बचत फिर्ता, बचतकर्ताले १ लाखसम्म पाउने

    काठमाण्डौ । बागमती प्रदेश सरकार अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले प्रदेशभित्रका समस्याग्रस्त घोषित विभिन्न ५ वटा सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने प्रक्रिया सुरु गरेको छ ।



    समितिले प्रेस विज्ञप्ति जारी २०८३ असार ३० गते मंगलबारदेखि बचत फिर्ता कार्यको सुरुवात गरिने जानकारी दिएको हो । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जावलाखेलस्थित बागमती प्रदेश सुशासन केन्द्रको सभा हलमा बचत फिर्ताको आरम्भ गर्नेछन् ।

    समितिका अनुसार यसरी बचत फिर्ता हुनेहरू सहकारीहरूमा सोल्टिमोडको सिभिल बचत तथा ऋण सहकारी संस्था, कीर्तिपुरको दर्शन बचत तथा ऋण सहकारी संस्था, पुल्चोकको सुमेरु बचत तथा ऋण सहकारी संस्था, सामाखुसीको नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र खुसीबुँको लालीगुराँस बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।

    १ लाखसम्मको बचत फिर्ता हुने

    समितिका अनुसार पहिलो चरणमा यी पाँच वटा समस्याग्रस्त सहकारीका साना बचतकर्ताहरूलाई प्राथमिकतामा राखिएको छ । जसअन्तर्गत प्रति बचतकर्ता अधिकतम १ लाख रुपैयाँसम्मको बचत रकम फिर्ता समितिले जनाएको छ ।

    लामो समयदेखि आफ्नो निक्षेप फिर्ता नपाएर समस्यामा परेका सर्वसाधारणका लागि यस कदमले केही राहत दिने विश्वास समितिको छ । समितिका सूचना अधिकारी सुवास उप्रेतीले प्रदेश सरकारले समस्याग्रस्त सहकारीका पीडितहरूको समस्या समाधान गर्न प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिए ।


    अर्थ चाैतारी
  • सोमबार, २९ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट