logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • सिटी एक्सप्रेस मनि ट्रान्सफर २०औं वर्षमा प्रवेश

    सिटी एक्सप्रेस मनि ट्रान्सफर २०औं वर्षमा प्रवेश

    390
    SHARES
    सिटी एक्सप्रेस मनि ट्रान्सफर २०औं वर्षमा प्रवेश

    काठमाण्डौ । सिटी एक्सप्रेस मनि ट्रान्सफर १९ वर्ष पूरा गरी २० औं वर्षमा प्रवेश गरेको छ । वाार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय प्रांगणमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।



    कम्पनीले ‘रक्तदान जीवनदान –हामी सबैको योगदान’ भन्ने मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

    सिटी एक्सप्रेसको कमलादी स्थित आफ्‌नै मुख्य कार्यलयमा उल्लेख्य सहभागिताका साथमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।वार्षिकोत्सवको अवसरमा कम्पनीले वर्षको उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत पनि गरेको छ ।

    उक्त कार्यक्रममा सिटी एक्सप्रेसका ब्राण्ड एम्बेसेडर तथा हास्य कलाकार जितु नेपालको पनि उपस्थिती रहेको थियो ।


    अर्थ चाैतारी
  • सोमबार, २९ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट