logo

२०८३ असार ३०, मंगलबार

logo
  • २०८३ असार ३०, मंगलबार
  • प्रोटोन इ.मास ५ को बुकिङ खुल्यो, मूल्य अनुमान गर्ने ग्राहकले आफैँले तोकेको मूल्यमा गाडी किन्न पाउने

    प्रोटोन इ.मास ५ को बुकिङ खुल्यो, मूल्य अनुमान गर्ने ग्राहकले आफैँले तोकेको मूल्यमा गाडी किन्न पाउने

    299
    SHARES
    प्रोटोन इ.मास ५ को बुकिङ खुल्यो, मूल्य अनुमान गर्ने ग्राहकले आफैँले तोकेको मूल्यमा गाडी किन्न पाउने

    काठमाण्डौ  । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी ‘प्रोटोन इ.मास ५’ (Proton e.MAS 5) को बुकिङ खुला गरेको छ। गाडी आधिकारिक रूपमा बजारमा सार्वजनिक हुनु अगावै कम्पनीले “गेस एन्ड बुक द अल न्यु इ.मास ५ एट योर प्राइस” नामक विशेष योजना समेत सुरु गरेको छ।



    यस योजना अन्तर्गत ग्राहकहरूले नयाँ प्रोटोन इ.मास ५ को आधिकारिक बजार मूल्य अनुमान गरी सोही मूल्यमा गाडी खरिद गर्न सक्नेछन्। कम्पनीले सार्वजनिक गर्ने वास्तविक मूल्य वा त्यसको सबैभन्दा नजिकको मूल्य अनुमान गर्ने ग्राहकहरूले आफूले अनुमान गरेकै मूल्यमा गाडी किन्न पाउने कम्पनीले जनाएको छ।

    यस योजनामा सहभागी हुन ग्राहकले कम्पनीको वेबसाइट ([https://emas5predict.proton-nepal.com/](https://emas5predict.proton-nepal.com/)) मा गएर आफ्नो रोजाइको भेरियन्ट छनोट गरी ‘प्राइस स्लाइडर’ मार्फत अनुमानित मूल्य लक गर्नुपर्नेछ। कम्पनीका अनुसार ‘इ.मास ५ प्राइम’ भेरियन्टको मूल्य अनुमानका लागि २९ लाख ९९ हजारदेखि ३४ लाख ९९ हजार रुपैयाँसम्मको दायरा तोकिएको छ। त्यस्तै, ‘प्रिमियम’ भेरियन्टको दायरा ३४ लाख ९९ हजारदेखि ३९ लाख ९९ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ।

    सहभागीहरूमध्येबाट ‘लक्की ड्र’ मार्फत प्रत्येक भेरियन्टबाट ५/५ जना भाग्यशाली विजेता चयन गरिनेछ। विजेताहरूले योजनाका सर्तहरूको अधीनमा रही आफैँले अनुमान गरेको मूल्यमा गाडी खरिद गर्न पाउनेछन्।

    जगदम्बा मोटर्सले १ लाख रुपैयाँ बुकिङ रकम तोकेर यस गाडीको बुकिङ खुला गरेको हो। ग्राहकले बैंक वा अनलाइनमार्फत रकम भुक्तानी गरी सोको विवरण सेल्स कन्सलटेन्टलाई बुझाएर वा वेबसाइटमै भौचर अपलोड गरेर बुकिङ प्रक्रिया पूरा गर्न सक्नेछन्। यसरी वेबसाइटमार्फत बुकिङ गर्ने ग्राहकहरूलाई आधार मानेर नै भाग्यशाली विजेता छानिने कम्पनीले स्पष्ट पारेको छ।

    प्रोटोन र जिली (Geely) को सहकार्यमा विकसित यो गाडीले हालै मलेसियामा आयोजित ‘अलायान्ज डिएसएफ भिहेकल अफ द इयर अवार्ड्स २०२६’ मा ‘इलेक्ट्रिक कम्प्याक्ट भिहेकल अफ द इयर’ को उपाधि जितेको थियो। इ.मास ५ नेपाली बजारमा आफ्नो सेगमेन्टमै पहिलो ‘रियर-ह्विल-ड्राइभ’ (पछाडिको चक्काले तान्ने) इलेक्ट्रिक कम्प्याक्ट एसयूभी हुने दाबी कम्पनीको छ।

    नेपालमा विद्युतीय सवारी साधनको बजार र आकर्षण निरन्तर बढिरहेका बेला कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सेगमेन्टमा प्रोटोन इ.मास ५ ग्राहकका लागि उत्कृष्ट विकल्प बन्ने जगदम्बा मोटर्सको विश्वास छ।


    अर्थ चाैतारी
  • मंगलबार, ३० असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट