logo

२०८३ असार ३०, मंगलबार

logo
  • २०८३ असार ३०, मंगलबार
  • एनआईसी एशिया बैंकका ग्राहकलाई रोयल टुलिप काठमाण्डौमा १५% छुट

    एनआईसी एशिया बैंकका ग्राहकलाई रोयल टुलिप काठमाण्डौमा १५% छुट

    13
    SHARES
    एनआईसी एशिया बैंकका ग्राहकलाई रोयल टुलिप काठमाण्डौमा १५% छुट

    काठमाण्डौ । एनआईसी एशिया बैंक र रोयल टुलिप काठमाण्डौबीच बैंकका ग्राहकलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।



    उक्त समझदारी पत्रमा बैंकको तर्फबाट ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख नरेन्द्र मैनाली र रोयल टुलिप काठमाण्डौका तर्फबाट सेल्स एण्ड मार्केटिङ निर्देशक कमल क्षेत्रीले हस्ताक्षर गरे ।

    यस समझदारी अनुसार ग्राहकले उक्त होटलमा खाद्य तथा पेय पदार्थ सेवाहरु उपयोग गर्दा १५ प्रतिशतको आकर्षक छुट सुविधा प्राप्त गर्न सक्ने छन् ।

    यस सुविधाको उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गर्न सक्ने छन् वा नगद भुक्तानीमा समेत उक्त छुट सुविधा प्राप्त गर्न सक्ने छन् । उक्त होटलसँगको यस सहकार्यले ग्राहकलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ३० असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट