logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • नेप्से सूचक २३.८३ अंकले ओरालो, एक अर्ब ७ करोडकाे काराेबार

    नेप्से सूचक २३.८३ अंकले ओरालो, एक अर्ब ७ करोडकाे काराेबार

    1.8K
    SHARES
    नेप्से सूचक २३.८३ अंकले ओरालो, एक अर्ब ७ करोडकाे काराेबार

    काठमाण्डौ । सेयर बजार परिसूचक नेप्से घटेर १८ सय १५ बिन्दुमा झरेको छ । गत बिहीबार १८ सय ३८ मा अडिएको नेप्से सूचकमा आइतबार थप २३.८३ अंकले घटेर १८ सय १५ दशमलव १३ अंकमा झरेको हो ।



    आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३ दशमलव ८३ अंकले घट्दै ३५५ दशमलव ६० अंकमा झरेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ । उसो त २३ अंक माथिले घटेको बजारमा आज एक अर्ब ७ करोड २४ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।

    आज सबै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । सबैभन्दा बढी आज फाइनान्स समूहको उपसूचक २.५७ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूहको उपसूचक २.५४ प्रतिशतले, म्यानु एण्ड प्रो १.८१ प्रतिशतले, ट्रेडिङ १.९२ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह १.५२ प्रतिशतले घटेका छन् । अन्य समूहहरु १ प्रतिशत भन्दा कमले घटेका छन् ।


    अर्थ चाैतारी
  • आइतबार, ९ असोज २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट