logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • अनलाइन प्रणालीबाटै शिक्षकहरुको फाँटबारी पठाउने व्यवस्था सुरु

    अनलाइन प्रणालीबाटै शिक्षकहरुको फाँटबारी पठाउने व्यवस्था सुरु

    1.7K
    SHARES
    अनलाइन प्रणालीबाटै शिक्षकहरुको फाँटबारी पठाउने व्यवस्था सुरु

    काठमाण्डौ । नागरिक लगानी कोषले सामुदायिक विद्यालयका शिक्षकहरुले सावधिक जीवन बीमा योजनाअन्तर्गत अनिवार्य रुपमा रकम कट्टा गर्दा अनलाइन प्रणालीबाट फाँटबारी अपलोड गर्ने र अनलाइन प्रणालीबाट रकम पठाउने व्यवस्था सुरु गरेको छ।



    योभन्दा अघि कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीको सम्बन्धित कार्यालयले सोझै सहभागी कर्मचारीको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको थियो। विद्युतीय सरकारी लेखा प्रणाली (सिगास) प्रणालीबाट पारिश्रमिक वितरण गर्ने सरकारी कार्यालयबाहेकका अन्य कार्यालयलाई लक्ष्यित गरी कोषले यस्तो सुविधा यस अघिनै सुरु गरेको हो।

    शिक्षकहरुले यो सुविधाको उपयोग गरी अनलाइन प्रणालीबाट मात्र फाँटबारी अपलोड गरी रियल टायममै सम्बन्धित शिक्षक, कर्मचारीको खातामा रकम प्रविष्टि हुने हुँदा सिगास प्रणालीबाट पारिश्रमिक वितरण गर्ने कार्यालयबाहेक अन्य कार्यालय, विद्यालयले यो सुविधा लिँदा कारोबारमा सहजता आउने अपेक्षा कोषले गरेको छ। शिक्षकहरुमा पनि अनलाइन कारोबार सुरु भएपछि सहजता मिलेको मदन स्मारक माध्यमिक विद्यालय ललितपुरका प्रधानाध्यापक गोविन्द प्रसाद पौडेलले बताए।

    उनले यस्तो सेवाबाट कागजरहित कार्यको विकास भएको प्रतिक्रिया दिए। कोषको प्रणालीले प्रदान गरेको सबमिसन नम्बरको आधारमा कट्टी रकम दाखिला गर्ने सुविधा मुलुकभरका सबै क वर्गका वाणिज्य बैंकहरुमा रहेको हुँदा सम्बन्धित कार्यालय, बिद्यालयहरुले आ–आफ्नो खाता भएको बैंकमा सम्पर्क राखी यो सुविधा लिन सक्नेछन्। फाँटबारी पठाउने तरिकाको तालिम कोषले दैनिक रुपमा संचालन गरिरहेको जनाएको छ।


    अर्थ चाैतारी
  • आइतबार, ९ असोज २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट