logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • मञ्जुश्री फाइनान्सको एजीएमबाट वित्तीय विवरण स्वीकृत

    मञ्जुश्री फाइनान्सको एजीएमबाट वित्तीय विवरण स्वीकृत

    1.4K
    SHARES
    मञ्जुश्री फाइनान्सको एजीएमबाट वित्तीय विवरण स्वीकृत

    काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडको १५ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८–७९ को वित्तीय विवरण पारित गरेको छ।



     

     

    काठमाण्डौको थापागाउँस्थित थापागाउँ ब्यांक्वेट सम्पन्न सभाले आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात एवं आर्थिक वर्ष २०७८–७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरुउपर छलफल गरी पारित गरेको हो।

     

     

    केन्द्रीय कार्यालयसहित २७ शाखा रहेको फाइनान्सको २०७९ साल मंंसिर मसान्तसम्म रु. १ अर्ब ३५ करोड चुक्तापुँजी एवं रु. ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रियस्तरको फाइनान्सले रु १२.४६ अर्ब निक्षेप संकलन गरी रु. ११.५० अर्ब कर्जा परिचालन गरेको छ। यसका साथै फाइनान्सले विप्रेषण, मोवाइल बैंकिङ, अनलाइन खाता र एटीएम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँंदै आएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २९ पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट