logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • फाइनान्सले पनि घटाए निक्षेपको ब्याजदर

    फाइनान्सले पनि घटाए निक्षेपको ब्याजदर

    897
    SHARES
    फाइनान्सले पनि घटाए निक्षेपको ब्याजदर

    काठमाण्डौ । वाणिज्य बैंक र विकास बैंकपछि फाइनान्स कम्पनीले पनि चैतमा निक्षेपको ब्याज घटाउने निर्णय गरेका छन्।



    फाइनान्स कम्पनी संघको बैठकले १ वर्षको मुद्दति निक्षेपको ब्याजदर ०.२० प्रतिशतको विन्दुले घटाउने निर्णय गरेको हो। संघले ३ महिनामाथिको निक्षेपको ब्याजदर ०.१५ प्रतिशतको विन्दुले घटाउने निर्णय गरेको छ। अब छोटो र लामो अवधिको मुद्दति निक्षेपको ब्याज दर फरक हुने संघले जनाएको छ।

     

    संघले बचतको ब्याज दरमा कुनै सहमति गरेको छैन। कम्पनीहरुले आफ्नो सहजताका हिसाबले बचतमा ब्याज दिन सक्नेछन्। बाणिज्य बैंक र फाइनान्स कम्पनीले भने मुद्दतिमा जस्तै बचतमा पनि ब्याजदरमा सहमति गरेका छन्। बाणिज्य बैंकहरुले चैत १ गतेदेखि लागू हुने बचतको ब्याजदरमात्र घटाएका छन्। विकास बैंकहरुले भने मुद्दति र बचत दुवैको घटाएका छन्।


    अर्थ चाैतारी
  • मंगलबार, ३० फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट