logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ आज बाँडफाँड हुँदै

    सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ आज बाँडफाँड हुँदै

    572
    SHARES
    सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ आज बाँडफाँड हुँदै

    काठमाण्डौ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओ आज बाँडफाँड हुँदैछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटलको कार्यालय नकसालमा विहान १० बजे आईपीओ बाँडफाँट हुने जनाएको छ ।



    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटलले प्रि अलमेन्ट सम्वन्धि सम्पूर्ण प्रकृया सम्पन्न भएपछि आज शेयर बाँडफाँट गर्ने जनाएको हो । कम्पनीको आईपीओमा पछिल्लो तथ्यांक अनुसार १४ लाख भन्दा बढी आवेदकबाट १ अर्ब ६२ करोड रुपैयाँ बराबरको १ करोड ६२ लाख कित्ता भन्दा धेरै शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको ४२ लाख ४८ हजार ९३८ कित्ता शेयरको करिब ४ गुणा बढी हुन आउँछ।

    कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा ४ लाख २४ हजार ८९३ जनाले मात्रै शेयर पाउनेछन् । त्यस अनुसार करिब १० लाख आवेदकले शेयर नपाउने देखिन्छ ।


    अर्थ चाैतारी
  • बुधबार, ८ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट