logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • ईङवा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    ईङवा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    533
    SHARES
    ईङवा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाण्डौ । ईङवा हाइड्रोपावरको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले आवेदन दिने आज चैत २० गते अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । उक्त आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले आज २० गतेसम्म आवेदन दिन सक्नेछन् ।



     

    कम्पनीले जारी पूँजी ६० करोडको ३० प्रतिशत अर्थात् १८ करोड रुपैयाँको १८ लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ६ लाख कित्ता सेयरमा आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाउँपालिका वडा नं. ३, पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नं. २ र वडा नं. ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

     

    कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग रहेको छ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।


    अर्थ चाैतारी
  • सोमबार, २० चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट