logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • मेन्छियाम हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

    मेन्छियाम हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

    507
    SHARES
    मेन्छियाम हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

    काठमाण्डाै । मेन्छियाम हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि आज (बैशाख ४ गते) देखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन गरी सकेपछि सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो।



    कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको ३० प्रतिशतले हुने आउने १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता शेयर निष्काशन गर्न लागेको हो। त्यस मध्ये १० प्रतिशत अर्थात ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरि रित पुर्वक आवेदन प्राप्त ५ लाख ५ हजार ७८० कित्ता शेयर मात्रै वितरण भएको छ।

     

    जारी पूँजीको २० प्रतिशत अर्थात १० करोड ८५ लाख १६ हजार ७०० रुपैयाँ बराबरको १० लाख ८५ हजार १६७ कित्ता शेयर मध्ये १ करोड ८ लाख ५१ हजार ७०० रुपैयाँ बराबरको १ लाख ८ हजार ५१७ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि बिक्री गरीसकेको छ। यस्तै २ प्रतिशत अर्थात २२ हजार ४३९ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ५६ हजार ९९ कित्ता सामुहिक लगानीकोषलाई सुरक्षित गरीएको छ। बाँकी रहेको ९ लाख ३४ हजार ९१५ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

     

    सो आईपीओमा छिटोमा बैशाख ७ गते हुनेछ भने त्यस अवधिमा पार्यप्त आवेदन नपरे ढिलोमा बैशाख १९ गतेसम्म आवेदन खुल्नेछ। लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूणर् सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

     

    आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ। कम्पनीले प्रबर्धन गरिरहेको ४.७२ मेगावाटको माथिल्लो पिलुवा खोला २ जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३१ करोड ९० लाख ७० हजार ४०८ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २७ करोड ९४ लाख ६४ हजार ६९ रुपैयाँ रहेको छ।

     

    आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.६४ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २७.३६ वर्ष रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमति २८ वर्ष बाँकी रहेको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।


    अर्थ चाैतारी
  • सोमबार, ४ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट