logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • शिक्षकहरूको उमेरहद घटाउने विषयमा मन्त्रालयको तयारी

    शिक्षकहरूको उमेरहद घटाउने विषयमा मन्त्रालयको तयारी

    203.7K
    SHARES
    शिक्षकहरूको उमेरहद घटाउने विषयमा मन्त्रालयको तयारी

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगमा उमेरको विषयमा हेरफेर गरीने बताएका छन् । उनले शिक्षकको अधिकार राज्यले परिपूर्ति गर्दै गइरहेको र शिक्षकले पनि कर्तव्य निर्वाहमा कुनै कसर बाँकी नराख्न आग्रह गरे ।



    उनले शिक्षक सेवा आयोग, नेपाल शिक्षक महासङ्घ र शिक्षा मन्त्रालयको सम्बन्ध शरीरको मांसपेशी जस्तै भएकाले सार्वजनिक शिक्षा सुधारका लागि तीन निकायको उत्तिकै भूमिका रहनेमा जोड दिए । उनले शिक्षक सेवा आयोगले शिक्षक दरबन्दी, शिक्षकको आन्तरिक बढुवाको प्रक्रिया आएको उमेर हदको विषय त्तकाल सम्बोधन गर्ने गरी त्रिपक्षिय बैठक अगाडि बढाएको बताए।

    उनका अनुसार अब शिक्षकहरुले आन्तरिक बढुवामा भएको उमेरहद केहि खुकुलो बनाउने तयारी छ । आयोगका अध्यक्ष मधुसुदन रेग्मीले आयोगले सञ्चालन गर्ने परीक्षा स्वतन्त्र र मर्यादित हुने भन्दै दुई लाख ३५ हजार पाँच सयभन्दा बढीले शिक्षक दरबन्दीका लागि दरखास्त दिएको जानकारी दिए ।


    अर्थ चाैतारी
  • विहिबार, २७ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट