logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • राष्ट्रिय योजना आयोगका सदस्य डा. बुढाथोकीले लिए शपथ

    राष्ट्रिय योजना आयोगका सदस्य डा. बुढाथोकीले लिए शपथ

    1.3K
    SHARES
    राष्ट्रिय योजना आयोगका सदस्य डा. बुढाथोकीले लिए शपथ

    काठमाण्डौ । राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्य डा. प्रभु बुढाथोकीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसमक्ष बुढाथोकीले शपथ लिएका हुन् ।



     

    बुढाथोकी दोस्रो पटक आयोगको सदस्य नियुक्त भएका हुन् । यसअघि डा. श्रेष्ठ उपाध्यक्ष रहेकै बेला बुढाथोकी आयोगको सदस्य थिए । सरकारले गत ८ वैशाखमा बुढाथोकीलाई सदस्य नियुक्त गरेपनि शपथ भने बाँकी रहेको थियो ।

     

    बुढाथोकीले आइतबारै शपथपछि पदभार ग्रहण समेत गरेका छन् । आयोगको काम कारबाहीलाई सशक्त रूपमा अघि बढाउन अब उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा आफूले काम गर्ने उनले बताए । आयोगको सदस्यका रूपमा यसअघि नै डा. रामकुमार फुयाँल, डा. जयकान्त राउत, प्रा.डा. आरपी विच्छा र डा. रमेशचन्द्र पौडेलले जिम्मेवारी सम्हालिसकेका छन् ।

    बुढाथोकी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा लामो अनुभव भएका व्यक्ति हुन् । रणनीतिक योजना तथा व्यवस्थापन तथा प्राकृतिक श्रोत व्यवस्थापनका विज्ञ बुढाथोकीले बेलायतको रिसोर्स गभर्नेसमा विद्यावारिधि गरेका छन् । त्रिभुवन विश्व विद्यालयबाट तथ्यांकशास्त्रमा स्नातक गरेका बुढाथोकीले भारत र बेलायतबाट छुट्टाछुट्टै विषयमा स्नातकोत्तर गरेका छन् ।

    नेपालबाहेक बुढाथोकीसँग इरान, बेलायत, बंगलादेश जस्ता मुलुकहरूमा काम गरेको अनुभव छ । राष्ट्रिय योजना आयोगको सदस्य भइसकेका बुढाथोकीसँग त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनको अनुभव हुनुका साथसाथै युएनडिपी, युएसआईडी, युनेस्को जस्ता संस्थाहरुमा काम गरेको अनुभव समेत रहेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, २४ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट