logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • घोराही सिमेन्टमा फर्जी आवेदन दिने १२ लगानीकर्ताको सूची सार्वजनिक

    घोराही सिमेन्टमा फर्जी आवेदन दिने १२ लगानीकर्ताको सूची सार्वजनिक

    598
    SHARES
    घोराही सिमेन्टमा फर्जी आवेदन दिने १२ लगानीकर्ताको सूची सार्वजनिक

    काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्रीको आईपीओमा फर्जी आवेदन दिने १२ जनाको नाम सार्वजनिक भएको छ । कम्पनीको आईपीओमा १० लाख कित्ताका दरले फर्जी आवेदन दिने १२ जनाको नाम सार्वजनिक भएको हो । बैंक खातामा रकम नभई कम्पनीको आईपीओमा आवेदन दिनेमा भक्तपुरको अनन्तलिंगेश्वर–१ का प्रेमप्रसाद आचार्य, सोही वडाका उज्जवल आचार्य र भक्तपुरकै मध्यपुर ठिमी नगरपालिका–३ की श्रीजा पोखरेल रहेका छन् ।



    यस्तै, सुनसरीको देवानगन्ज–१ का मिथिलेशकुमार मेहता, दोलखाको नाम्दु–३ का नवीन खत्री, ललितपुरको टिकाथली–५ का अनिल राना, पर्वतको कार्कीनेटा–३ की रञ्जना ढकाल पौडेल र काठमाण्डौको मध्य बानेश्वरका सुमित्रा बम छन् । यस्तै, गोरखाको सिरानचोक–३ की सावित्रा पराजुली, रुपन्देहीको तिलोत्तमाकी लक्ष्मी घिमिरे, मोरङ कानेपोखरी–१ की मुना खत्री र चितवनको भण्डारा–१ का मनोज पाठक रहेका छन् ।

     

    साथै, उनीहरुले कम्पनीको रकम नभएको खाताबाट आवेदन दिएपछि अस्वीकृत भएको छ । कम्पनीको आईपीओमा ४३ करोड ३५ लाख रुपैयाँबराबरको १० लाख कित्ताका दरले आवेदन दिए । स्रोतका अनुसार कम्पनीको आईपीओमा १ करोड २० लाख कित्ता फर्जी आवेदन परेको थियो । कम्पनीको आईपीओमा फर्जी आवेदन परेपछि नेपाल धितोपत्र बोर्डले निष्काशन प्रक्रिया स्थगित गरेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ६ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट