logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • नेपाल रिपब्लिक मिडियाको आईपीओ बाँडफाँड भोलि, कतिले पाउनेछन् सेयर ?

    नेपाल रिपब्लिक मिडियाको आईपीओ बाँडफाँड भोलि, कतिले पाउनेछन् सेयर ?

    676
    SHARES
    नेपाल रिपब्लिक मिडियाको आईपीओ बाँडफाँड भोलि, कतिले पाउनेछन् सेयर ?

    काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ भोलि असार ११ गते (सोमबार) बाँडफाँड गरिने भएको छ। धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सका अनुसार काठमाण्डौको ठमेलस्थित होटेल अलफ्टमा आईपीओ बाँडफाँड कार्यक्रम राखिएको छ। बिहान १० बजे आईपीओ बाँडफाँड गरिने क्यापिटलले जनाएको छ।



    यो कम्पनीले गत जेठ २६ गते जेठ ३० गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशतले हुन आउने प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख ५३ हजार कित्ता आईपीओ बिक्री गर्ने अनुमति पाएको थियो। त्यसमध्ये कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३०० कित्ता सेयर बिक्री गरिसकेको थियो।

     

    यसैगरी ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ३५ लाख २५ हजार ९३० कित्ता र कर्मचारीलाई खुलाइएकोमा बाँकी रहेको ९३ हजार ९६१ गरी कुल ३६ लाख १९ हजार ८९१ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

     

    सीडीएससीका अनुसार अन्तिम दिनसम्म आईपीओमा १२ लाख ८२ हजार ६३६ आवेदकबाट कुल १ करोड ३९ लाख २३ हजार ३८० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ३.८५ गुणाले बढी हो। मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार भाग्यमानी ३ लाख ६१ हजार ९८९ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै आवेदकमध्ये १ जनाले थप १ एक सेयर पाउनेछन्।


    अर्थ चाैतारी
  • आइतबार, १० असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट