काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ आज बाँडफाँड गरिएको छ। आईपीओ बाँडफाँड कार्यक्रम साँझ साढे ५ बजे गरिएको हो ।
धितोपत्र बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको कार्यालयमा रिलायबल नेपाल लाइफको आईपीओ बाँडफाँड गरिएको हो।
कम्पनीले गते साउन २३ गतेदेखि साउन २६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २५७ रुपैयाँमा सर्वसाधारणलाई बिक्री गरेको छ। कम्पनीले कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर सर्वसाधारणका लागि कुल ९६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो।
यो आईपीओमा कुल १३ लाख ६४ हजार ३५३ आवेदन परेको थियो। तीमध्ये १३ लाख ५६ हजार ८३५ आवेदनमात्रै सदर भएका छन् भने ७ हजार ५१८ आवेदन बदर भएका छन्।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी ९ लाख ६० हजार आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। यो हिसाबले सदर आवेदकमध्ये ३ लाख ९६ हजार ८३५ आवेदकको हात खाली भएको छ।
अर्थ चाैतारी ।