logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, ७.६८ लाख आवेदकले पाए सेयर

    सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, ७.६८ लाख आवेदकले पाए सेयर

    1.1K
    SHARES
    सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, ७.६८ लाख आवेदकले पाए सेयर

    काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ आज शुक्रबार (भदौ १५ गते) बाँडफाँड गरिएको छ। सन नेपाल लाइफको आईपीओ धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ८ बजे राखिएको थियो।



    कम्पनीले गत साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा कुल ७६ लाख ८० हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो।

     

    यो आईपीओमा १४ लाख ६६ हजार ८६२ आवेदकबाट कुल १ करोड ६४ लाख ६३ हजार ५८० कित्ता सेयर माग भएको थियो। जसमा १४ लाख ६० हजार ६१ आवेदकबाट परेको १ करोड ६३ लाख ५८ हजार २१० कित्ता सेयर सदर भएको छ भने बाँकी ६ हजार ८०१ आवेदकबाट माग भएको १ लाख ५ हजार ३७० कित्ता सेयर बदर भएको छ।

     

    मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी ७ लाख ६८ हजार आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। यस हिसाबले सदर आवेदकमध्ये ६ लाख २१ हजार ९३९ आवेदकको हात खाली भएको छ।

     

    यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्ध र आईपीओ निष्कासन गर्ने कम्पनीको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ भदाै २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट