logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • ११ दिनमा १४ सय विदेशीलाई कुवेतले गर्‍यो देश निकाला

    ११ दिनमा १४ सय विदेशीलाई कुवेतले गर्‍यो देश निकाला

    1.2K
    SHARES
    ११ दिनमा १४ सय विदेशीलाई कुवेतले गर्‍यो देश निकाला

    काठमाण्डौ । कुवेतले ११ दिनमै १४ सय विदेशी कामदारलाई देश निकाला गरेको छ । कुवेतको निर्वासन केन्द्रले पछिल्लो ११ दिनमा विभिन्न मन्त्रालयका क्षेत्रबाट रिफर गरिएका १ हजार ४ सय ७० श्रम कानुन उल्लंघनकर्तालाई देश निकाला गरेको जनाएको छ ।



    कुवेतले कानुन उल्लंघन गर्नेहरूलाई प्रक्रिया पूरा गरी सम्बन्धित देशमा फिर्ता पठाउने कार्यलाई निरन्तरता दिएको हो ।आन्तरिक मन्त्रालयका सबै शाखाले सक्रिय रूपमा निवास र रोजगार कानुनको उल्लंघन गर्ने व्यक्तिहरूलाई पक्राउ गर्ने कार्यलाई तीव्रता दिएको एक सुरक्षा अधिकारीलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ ।

     

    जारी र भविष्यका सुरक्षा अभियानहरूमा जोड दिँदै स्रोतलयी प्रयासहरूलाई सबै क्षेत्रहरूमा कायम राख्न र विस्तार गर्ने आफ्नो प्रतिबद्धतालाई पुष्टि गरेको एवं रेसिडेन्सी र रोजगार कानुन उल्लंघन गर्नेहरूको ठूलो समूहलाई लक्षित गरी धरपकड गर्ने जनाएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, १ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट