logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • एनआईबिएल स्टेबल म्युचुअल फण्डमा आवेदन दिने समय लम्बियो

    एनआईबिएल स्टेबल म्युचुअल फण्डमा आवेदन दिने समय लम्बियो

    1.5K
    SHARES
    एनआईबिएल स्टेबल म्युचुअल फण्डमा आवेदन दिने समय लम्बियो

    काठमाण्डौ । एनआईबिएल स्टेबल म्युचुअल फण्डमा आवेदन दिने समय लम्बिएको छ । एनआईएमबि एस क्यापिटलले माघ २ गतेदेखि बिक्री खुला गरेको एनआईबिएल स्टेबल फण्डमा लगानीकर्ताहरूले अब माघ १६ गतेसम्म आवेदन दिन सक्ने छन् । क्यापिटलले १२ वर्ष अवधि रहेको १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड बिक्री खुला गरेको हो । यो फण्ड एक बन्दमुखी योजना हो ।



     

    क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाई बिक्री गरेको हो । जसमध्ये १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटल (साविक एनआईबिएल एस क्यापिटल) र १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (साविक नेपाल इन्भेष्टमेन्ट बैंक)लाई छुट्याई बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधरण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

    क्यापिटलको फण्डमा लगानीकर्ताहरूले न्यूनतम १ सय इकाईदेखि अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन सक्ने छन् । फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्ने छन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, ५ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट