काठमाण्डौ । सेयर बजारले वर्ष २०७८ को सुखद् बिदाइ गरेको छ। लगातार घटिरहेको बजारमा वर्षको अन्तिम दिन हरियाली छाएको छ। बजार आज ३०.२४ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २४१५.२४ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.९७ अंकले बढेर ४५६.०९ को विन्दुमा पुगेको छ। सेयर कारोबार भने डेढ अर्ब रुपैयाँभन्दा कम भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।
यो दिन अन्य समूह सर्वाधिक २.२८ प्रतिशतले उकालो लागेको छ। लघुवित्त समूह २.१४ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.११ प्रतिशत, व्यापार समूहमा ०.४९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.५८ प्रतिशत, विकास बैंक समूहमा १.५३ प्रतिशत, जलविद्युत समूहमा ०.९४ प्रतिशत, वित्त समूहमा ०.८७ प्रतिशत, निर्जीवन बीमा समूहमा १.१७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.१२ प्रतिशत, जीवन बीमा समूहमा ०.७३ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४४ प्रतिशत र लगानी समूहमा ०.७२ प्रतिशतको बढोत्तरी भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका ३३ लाख ९८ हजार ६४३ कित्ता सेयर १ अर्ब ४७ करोड ६३ लाख १८ हजार १०४ रुपैयाँमा किनबेच भएका छन्।यो दिन शिवम सिमेन्टको सर्वाधिक ८ करोड ४३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको ५ करोड २१ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको ४ करोड ४३ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड ८५ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ४१ लाख रुपैयाँ, निफ्राको ३ करोड २३ लाख रुपैयाँ, अपी पावरको २ करोड ८५ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ८० लाख रुपैयाँ, एचआईडीसीएल २ करोड ४१ लाख रुपैयाँ र अप्पर तामाकोशीको २ करोड २१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज नेष्डो समृद्ध लघुवित्तका सेयरधनीहरु मालामाल भए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको वृद्धिका साथ पोजिटिभ सर्किट लागेको छ। यो दिन युनाइटेड इदी मर्दीका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ २ प्रतिशत बढीले ओरालो लागेको छ।
अर्थ चाैतारी ।