logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • वैशाख ११ देखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि आईपीओ निष्कासन गर्दै विन्ध्यवासिनी हाइड्रोपावर

    वैशाख ११ देखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि आईपीओ निष्कासन गर्दै विन्ध्यवासिनी हाइड्रोपावर

    3.5K
    SHARES
    वैशाख ११ देखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि आईपीओ निष्कासन गर्दै विन्ध्यवासिनी हाइड्रोपावर

    काठमाण्डौ । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले यही वैशाख ११ गतेदेखि धितोपत्रको प्राथथिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ ।



    कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन गर्न लागेको हो । प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका १० लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजनाको मुख्य संरचना क्षेत्रभित्र पर्ने लमजुङको क्व्होलासोथार गाउँपालिकाको वडा नम्बर–५, ६ र ७ तथा कास्कीको मादी गाउँपालिकाको वडा नम्बर–८ र ९ का स्थानीय बासिन्दाका लागि सात लाख कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको तीन लाख कित्ता सेयर आयोजनाको मुख्य संरचना जोडिएका क्व्होलासोथार गाउँपालिका तथा मादी गाउँपालिकाका बाँकी सबै वडाहरूका स्थानीयवासीका लागि निष्कासन गर्न लागेको हो ।

    कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा छिटोमा वैशाख २५ र ढिलोमा जेठ ९ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा सानिमा बैंकको बिरौटा तथा पोखरा शाखा कार्यालय, सिभिल बैंकको मालिङ शाखा कार्यालय, कामना सेवा विकास बैंकको कास्की तथा बेसीसहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेसीसहर शाखा र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिनेछ ।

    यस्तै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २ बैशाख २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट