काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको ६ महिनासम्म ८६ लाख ४२ हजार रूपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २४ लाख ९१ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा सञ्चालन मुनाफा बढेको र खराब कर्जा घट्न जाँदा यसले खुद नाफा बढाउन सकेको हो ।
कम्पनीको सञ्चालन नाफा करिब ११४ प्रतिशत बढेकाले यस वर्ष खुद नाफामा उल्लेख्य बृद्धि भएको हो । गत वर्ष ३३ लाख ६९ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वषृ ७२ लाख ४ हजार सञ्चालन नाफा गरेको हो । ११ प्रतिशत बोनस शेयरमार्फत चुक्तापूँजी बढाएर चुक्तापूँजी ९ करोड ५२ लाख ३८ हजार रूपैयाँ कायम गरेको कम्पनीको जगेडा कोष रकम ५ करोड ४० लाख रूपैयाँभन्दा बढी कायम भएको छ ।
कर्जा सापटी गत वर्षभन्दा २९ प्रतिशत बढी १ अर्ब २८ करोड ४१ लाख रूपैयाँ छ भने कर्जा प्रवाह साढे २४ प्रतिशत बढी १ अर्ब ७० करोड रूपैयाँ रहेको छ । निक्षेप संकलन भने करिब १४ प्रतिशत बढेर ३२ करोड ४३ लाख रूपैयाँभन्दा बढी भएको छ ।
अर्थ चाैतारी ।