logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • नयाँ वर्षको पहिलो कारोबार २९.६० अंकले ओरालो, १ अर्ब ४४ करोडको कारोबार

    नयाँ वर्षको पहिलो कारोबार २९.६० अंकले ओरालो, १ अर्ब ४४ करोडको कारोबार

    2.6K
    SHARES
    नयाँ वर्षको पहिलो कारोबार २९.६० अंकले ओरालो, १ अर्ब ४४ करोडको कारोबार

    काठमाण्डौ । नयाँ वर्षको पहिलो कारोबारमा सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। बजार आज आइतबार २९.६० अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २३८५.६४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.१२ अंकले घटेर ४५०.९७ को विन्दुमा आर्लेको छ। कारोबार रकम डेढ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।



    आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। यो दिन वित्त समूह सर्वाधिक २.३२ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह २.२१ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.५५ प्रतिशत, व्यापार समूहमा ०.२९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.०३ प्रतिशत, विकास बैंक समूहमा १.५८ प्रतिशत, निर्जीवन बीमा समूहमा १.०८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.५६ प्रतिशत, अन्य समूहमा १.८२ प्रतिशत, लघुवित्त समूहमा ०.९२ प्रतिशत, जीवन बीमा समूहमा १.५३ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२८ प्रतिशत र लगानी समूहमा १.८८ प्रतिशतको गिरावट आएको छ।

    धेरै कारोबार गर्ने कम्पनीहरु
    आज नेप्सेमा सूचीकृतमध्ये २३३ कम्पनीका ३४ लाख ७ हजार २७२ कित्ता सेयर १ अर्ब ४४ करोड ७ लाख २३ हजार १८२ रुपैयाँमा किनबेच भएका छन्। यो दिन नेपाल टेलिकमको सर्वाधिक ४ करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको ४ करोड ८६ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको ऋणपत्र २०८६/८७ को ४ करोड २५ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड १ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ४९ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ३५ लाख रुपैयाँ, निफ्राको ३ करोड ३५ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड २५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २ करोड ९१ लाख रुपैयाँ र नेपाल बैंकको २ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

    धेरै कमाउने र धेरै गुमाउने
    आज नेष्डो समृद्धि लघुवित्तका सेयरधनीहरु मालामाल भए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको वृद्धिका साथ पोजिटिभ सर्किट लागेको छ। यो दिन हिमालयन ऊर्जा विकास कम्पनीका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।


    अर्थ चाैतारी
  • आइतबार, ४ बैशाख २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट