logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • युनिक नेपाल लघुवित्तको अर्धवार्षिक प्रगति समीक्षा

    युनिक नेपाल लघुवित्तको अर्धवार्षिक प्रगति समीक्षा

    637
    SHARES
    युनिक नेपाल लघुवित्तको अर्धवार्षिक प्रगति समीक्षा

    काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०८०–०८१ को अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रम माघ २० गते कोहलपुरमा भएको छ । समीक्षा कार्यक्रममा शाखा कार्यालयका प्रमुखहरुले पालैपालो तोकिएको ढाँचामा अर्धवार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । उक्त प्रगति विवरणमाथि वित्तीय संस्थाका कार्यकारी निर्देशक, सेक्सन प्रमुखहरुले टिप्पणी गर्नुका साथै सुझाव दिएका थिए ।



     

    प्रस्तुतीकरणपछि सहभागीहरुबाट विभिन्न समसामयिक विषयमा ३ वटा समूह बनाई छलफल गराइएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष शिव बहादुर चौधरीको प्रमुख आतिथ्य तथा सञ्चालक सन्तराम धरकटुवा थारु, पुरन प्रसाद चौधरी, जागेश्वर प्रसाद चौधरी, बालिका चौधरी, जगतराम चौधरी थारुको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

    कार्यक्रमको सभाध्यक्षमा कार्यकारी निर्देशक डा।गोपाल दहित रहेका थिए । उक्त कार्यक्रममा कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका ४१ वटा शाखाका प्रमुख कर्मचारीहरु सहभागी थिए ।


    अर्थ चाैतारी
  • आइतबार, २१ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट