logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • बीपीडब्लू र सामुदायिक लघुवित्त गाभिएपछि २ सातापछि मात्रै कारोबार सुरु हुने

    बीपीडब्लू र सामुदायिक लघुवित्त गाभिएपछि २ सातापछि मात्रै कारोबार सुरु हुने

    1.4K
    SHARES
    बीपीडब्लू र सामुदायिक लघुवित्त गाभिएपछि २ सातापछि मात्रै कारोबार सुरु हुने

    काभ्रे । काभ्रेको बनेपामा प्रधान कार्यालय रहेका दुई लघुवित्त कम्पनीहरु बीपीडब्लू र सामुदायिक लघुवित्त संस्थाहरु एकआपसमा गाभ्ने–गाभिने कार्य सम्पन्न भई बिहीबारदेखि एकीकृत कारोबार सुरु हुने भएको छ । यसो भएपछि काभ्रेको बनेपामा प्रधान कार्यालय रहेका दुई लघुवित्त कम्पनीहरु बीपीडब्लू र सामुदायिक लघुवित्तको सेयर कारोबार रोक्का भएको छ ।



    बिहीबारदेखि यी दुबै कम्पनीको सेयर कारोबार हुने छैन । यी संस्थाहरु एकआपसमा गाभ्ने–गाभिने कार्य सम्पन्न भई बिहीबारदेखि एकीकृत कारोबार सुरु हुने भएपछि सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।

     

    एकआपसमा गाभिएपछि सामुदायिक लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु भएको छ । दुई सातापछि एउटै कम्पनीको नामबाट सेयर कारोबार सुरु हुनेछ ।

    डीडीए रिपोर्टको आधारमा १ सेयर बराबर ०.८५३५ कित्ता अनुपातमा यी दुई संस्था मर्ज भएका हुन् । यसको अर्थ तत्कालीन बीपीडब्लू लघुवित्तको १ कित्ता सेयर बराबर नयाँ गाभिएपछि बन्ने सामुदायिक लघुवित्तको ०.८५३५ कित्ता सेयर हुनेछ ।


    अर्थ चाैतारी
  • विहिबार, २४ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट