logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • लाभांशको अजेण्डा पारित गर्न डिप्रोक्स लघुवित्तको साधारण सभा आज आयोजना हुँदै

    लाभांशको अजेण्डा पारित गर्न डिप्रोक्स लघुवित्तको साधारण सभा आज आयोजना हुँदै

    754
    SHARES
    लाभांशको अजेण्डा पारित गर्न डिप्रोक्स लघुवित्तको साधारण सभा आज आयोजना हुँदै

    काठमाण्डौ । लाभांश वितरणको प्रस्ताव पारित गर्ने मुख्य अजेण्डासहित डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम संस्थाको २२ औं वार्षिक साधारण सभा आयोजना हुन लागेको हो ।



    सो सभा चितवनमा रहेको पार्क सफारीमा बिहान १० बजे आयोजना हुनेछ । उक्त सभामा गत आर्थिक वर्ष २०७९/८० का लागि १० प्रतिशत बोनस सेयर र ०.५२६३२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल १०.५२६३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । सभामा बोनस सेयरपछि कायम हुने जारी तथा चुक्तापूँजी १ अर्ब ७० करोड ६१ लाख ९६ हजार ९८२ पुर्याउने प्रस्ताव पारित हुनेछ ।

     

    यस्तै संस्थाले अन्य उपयुक्त घ वर्गका लघुवित्तलाई गाभ्ने/प्राप्ति गर्ने कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिनेछ । सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ ।

     

    यस्तै सभामा चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ र सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गरिनेछ ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि संस्थाले आगामी चैत १५ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ चैत १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।


    अर्थ चाैतारी
  • आइतबार, २५ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट