logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • सूर्योदय वोमी लघुवित्तको ६८ हजार कित्ता संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

    सूर्योदय वोमी लघुवित्तको ६८ हजार कित्ता संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

    1.9K
    SHARES
    सूर्योदय वोमी लघुवित्तको ६८ हजार कित्ता संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

    काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर लिलामी बिक्रीमा राखेको छ । संस्थाले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ६८ हजार ८ सय ५ कित्ता सेयर लिलामीमा राखेको हो ।



    यस सेयरमा विद्यमान संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाहरूले खरिद आवेदन दिन पाउनेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ । खरिदकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ ।

    बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा लेख्नुपर्छ । लगानीकर्ताले सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

    आवेदन बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयका साथै एनआईसी एशिया बैंकका शाखा कार्यालय विराटनगर, मोरङ, आदर्शनगर, वीरगञ्ज, महेन्द्रपुल, पोखरा, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगरमा पेस गर्नुपर्नेछ । संस्थाले उक्त सेयर यसअघि संस्थापकहरूले मात्र खरिद गर्न पाउने गरी ३५ दिने सूचना प्रकाशित गरिसकेको जनाएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, १३ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट