logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • महुली लघुवित्तको ४४ हजार ९१३ कित्ता संस्थापक शेयर बिक्रीमा

    महुली लघुवित्तको ४४ हजार ९१३ कित्ता संस्थापक शेयर बिक्रीमा

    1.9K
    SHARES
    महुली लघुवित्तको ४४ हजार ९१३ कित्ता संस्थापक शेयर बिक्रीमा

    काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ४४ हजार ९१३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरू प्रिजम कलर स्क्यानिङ्ग एण्ड प्रेस सपोर्ट प्रालि को नाममा रहेको ४१ हजार २७ कित्ता र शालिक राम बेलबासेको नाममा रहेको तीन हजार ८८६ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।



    यस शेयर खरिदका लागि हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीहरूले आवश्यक कागजात सहित ३५ दिनभित्र सप्तरीको महुलीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको शेयर विवरणसहित आवेदन दिनुपर्नेछ । शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने कम्पनीले जनाएको छ ।

    अन्यथा उक्त शेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने सूचनामा उल्लेख गरिएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, २३ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट