काठमाण्डौ । लघुवित्त बिमक संस्थाहरुको छुट्टै संस्था स्थापना भएको छ । उक्त संस्थाको अध्यक्षमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी, उपाध्यक्षमा स्टार माइक्रो इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिश्वराम तिमिला, सचिवमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नरेशकुमार रोका र कोषाध्यक्षमा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामकुमार यादव कोषाध्यक्ष रहेका छन् ।
यसैगरी सदस्यहरुमा ट्रष्ट माइक्रोे इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उज्जल ढुङ्गाना, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ रहेका छन् ।
बीमाको पहुँच बाहिर रहेका समुदायलाई बीमाको दायरामा समेटी उनीहरुको आर्थिक भविष्यलाई सुनिश्चित गर्ने, लघु बीमा सेवाको बिकास तथा बिस्तार गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय ललितपुरमा गत बिहीबार ‘नेपाल लघु बीमक संघ’ दर्ता भएको हो ।
नेपाल लघु बीमक संघले देशको लघु बीमा क्षेत्रमा कार्यरत स्वदेशी तथा विदेशी संघ संस्थाहरुसँग समन्वय गरी लघु बीमा सेवालाइ स्तरीय तथा भरपर्दो बनाउँदै न्यून आय वर्ग तथा दूर दराजका नागरिक हरुमा बीमाको पहुँच विस्तारको लागि काम गर्ने अध्यक्ष भण्डारीले बताए । लघु बीमा सेवाको विकास तथा विस्तार गर्ने र पर्यावरण संरक्षण सम्बन्धि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने उदेश्य राखि संघ स्थाना गरिएको उनले जानकारी दिए ।
संघले नेपाल बीमा प्राधिकरण लगायत सम्बन्धित संघ सस्थाहरुसँग सहकार्य र समन्वय गरी समावेशी बीमाको अवधारणालाइ मुर्त रुप दिनका लागि बीमा रक्षावरणको पहुँच बाहिर रहेका वर्ग समुदायलाइ बीमाको दायरामा समेटी उनीहरुको आर्थिक भविष्यलाइ सुनिश्चित गर्ने कार्यमा जोड दिने उपाध्यक्ष विश्वराम तिमिलाले बताए ।
अर्थ चाैतारी ।