काठमाण्डौ । सेयर बजार बिहीबार पनि दोहोरो अंकले ओरालो लागेको छ। बजार आज १८.२६ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २११२.४७ को विन्दुमा झरेको छ।
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.८१ अंकले घटेर ४१०.६६ को विन्दुमा ओर्लेको छ। कारोबार सवा १ अर्ब रुपैयाँ मुनिको भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये एउटामात्रै हरियाली छाएको छ भने १२ वटामा रातो पोतिएको छ। यो दिन म्युचुअल फन्ड समूहमात्रै ०.१४ प्रतिशतले उकालो लागेको छ।
आज व्यापार समूह सर्वाधिक २.६ प्रतिशतले ओरालो लागेको छ। निर्जीवन बीमा र अन्य समूह समान १.५६ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.७५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.४९ प्रतिशत, विकास बैंक समूहमा ०.५२ प्रतिशत, जलविद्युत समूहमा ०.५५ प्रतिशत, वित्त समूहमा ०.३६ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.८१ प्रतिशत, लघुवित्त समूहमा ०.६७ प्रतिशत, जीवन बीमा समूहमा १.४३ प्रतिशत र लगानी समूहमा ०.५२ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका ३५ लाख ६६ हजार ८१९ कित्ता सेयर १ अर्ब १६ करोड १५ लाख १४ हजार १६९ रुपैयाँमा कारोबार भएको छ। यो दिन माउन्टेन हाइड्रोको सर्वाधिक १२ करोड १२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंकको ६ करोड ५४ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको ३ करोड १८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ कोड ८ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको २ करोड ८८ लाख रुपैयाँ, नेपाल टेलिकमको २ करोड ६५ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट बैंकको २ करोड ६३ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको २ करोड ५२ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २ करोड २९ लाख रुपैयाँ र अप्पर तामाकोशीको २ करोड २० लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज बलेफी हाइड्रोपावरका सेयरधनीहरु मालामाल भएका छन्। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। यो दिन प्रभु लाइफ इन्स्योरेन्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशत बढीले ओरालो लागेको छ।
अर्थ चाैतारी ।