logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • जीवन विकास लघुवित्तको लक इन अवधि असार २२ गते सकिँदै

    जीवन विकास लघुवित्तको लक इन अवधि असार २२ गते सकिँदै

    1.3K
    SHARES
    जीवन विकास लघुवित्तको लक इन अवधि असार २२ गते सकिँदै

    काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लक इन अवधि सकिने भएको छ । आउदो असार २२ गते कम्पनीको ९१ लाख बढी कित्ता शेयरको लक इन अवधि सकिने भएको हो ।



    कम्पनीको हाल ९० लाख ९५ हजार ७५२.५७ कित्ता संस्थापक शेयर र ६७ हजार ३७५.९५ कित्ता कर्मचारीहरूको शेयर (बोनस शेयर समेत) लक इनमा रहेको छ ।

    कम्पनीले सर्वसाधारण र कर्मचारीका लागि २०७८ असार ११ गतेदेखि असार १५ गतेसम्म बिक्री खुला गरेको आईपीओ असार २३ गते नै बाँडफाँड गरेको थियो । धितोपत्र बोर्डले कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरी बाँडफाँड गरेको मितिले तीन वर्षसम्म संस्थापक शेयरधनी तथा कर्मचारीले धारण गरेको शेयर लक इनमा राख्नुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्था बमोजिम हाल कम्पनीको शेयर लक इनमा रहेको छ ।

    साथै, कम्पनीको संचालक समितिका पदाधिकारीहरू तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरूले भने खरिद बिक्री गर्न नपाईने कम्पनीले जनाएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, १८ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट