logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • महिला लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

    महिला लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

    1.1K
    SHARES
    महिला लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

    काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्थाले जेठ ९ गतेदेखि लिलामीमा ल्याएको एक लाख ९९ हजार कित्ता संस्थापक शेयरमा आवेदन दिने आज (जेठ २३ गते) अन्तिम दिन रहेको छ । शेयर खरिद गर्न इच्छुक जोकोही व्यक्ति वा संस्थाले आज अपरान्ह ३ बजेसम्म मात्रै आवेदन दिन पाउनेछन् ।



    यस शेयरको न्यूनतम मुल्य प्रतिकित्ता ९०० रुपैयाँ तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलकबोल गर्दा कम्तीमा एक हजार र अधिकतममा १०० को गुणानमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

    बोलपत्र काठमाडौंको ठमेलस्थित नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड (बिक्री प्रबन्धक)मा पेश गर्नुपर्नेछ । बोलपत्र फाराम पनि सोही स्थानमा पाइनेछ ।


    अर्थ चाैतारी
  • बुधबार, २३ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट