काठमाण्डाै । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा सावित्री खत्री क्षेत्री लामिक्षाने चयन भएकी छन् ।कम्पनीको गत जेठ २५ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभा पश्चात बसेको सञ्चालक समितिको पहिलो बैठकले अध्यक्षमा उनलाई चयन गरेको हो ।
सभाले चार जना सञ्चालक चयन गरेको छ । संस्थापक शेयरधनीबाट चयन हुने चार जना सञ्चालकमध्ये संगठित संस्था नेष्डो नेपालको तर्फवाट सावित्री खत्री क्षेत्री लामिछाने, निर्मला क्षेत्री र रेशम बहादुर खत्री साथै अन्य संस्थापक सदस्यहरुको तर्फबाट रत्न प्रसाद अधिकारी सञ्चालकमा चयन भएका छन् ।
साथै सोही बैठकले जोखिम व्यवस्थापन समितिको संयोजकमा गैर कार्यकारी सञ्चालक रत्न प्रसाद अधिकारी र कर्मचारी सेवा सुविधा समितिको संयोजकमा गैर कार्यकारी सञ्चालक रेशम वहादुर खत्रीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
अर्थ चाैतारी ।